Online Nepal शनिबार, साउन १२ २०८१

संघिय संसदको दुवै सदनको बैठक बस्दै

संघिय संसदको दुवै सदनको बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौं । आज संघिय संसदको दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने ससद सचिवालयले जनाएको छ  ।

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

    यस्तै विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

    राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९/०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने र विभिन्न विनियोजन विधेयक प्रस्तुत गुन कार्यसूची रहेको ससद सचिवालयले जनाएको  छ ।

     

    प्रतिक्रिया
    थप समाचार