Online Nepal शनिबार, साउन १२ २०८१

बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा


मध्यान्तर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

    अहिले भने नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

    थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार