Online Nepal शनिबार, साउन ५ २०८१

रास्वपालाई विश्वप्रकाशको व्यंग्य– सत्य बोल्दा कांग्रेसमा कारबाही भोग्नु पर्दैन

रास्वपालाई विश्वप्रकाशको व्यंग्य– सत्य बोल्दा कांग्रेसमा कारबाही भोग्नु पर्दैन


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले महामन्त्री डा। मुकुल ढकाललाई कारबाही गरेको विषयमा व्यंग्य गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले पार्टी राम्रोसँग चलेन भनेर बोल्दा कांग्रेसमा कारबाही भोग्न नपर्ने बताएका हुन् ।

    ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन ।’ प्रश्न, आलोचना र विरोधलाई ग्रहण गरेरै कांग्रेस जीवन्त रहँदै आएको उनले लेखेका छन् ।

    प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ,’ शर्माले लेखेका छन्, ‘रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ।’

    रास्वपाका महामन्त्री भएकै बेला ढकालले पार्टी बिग्रँदै गएको भन्दै सुधारको लागि ३२ पृष्ठको प्रतिवेदन बुझाएका थिए ।

    तर पार्टीका नेतालाई लाञ्छना लगाएको, आन्तरिक डकुमेन्ट मिडियामा चुहाएको भन्दै रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट मंगलबार पदमुक्त गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार