Online Nepal शनिबार, जेष्ठ ५ २०८१
प्रतिनिधी सभा बैठक

समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षिलाई ओलीको आग्रह (पुर्णपाठ)

समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षिलाई ओलीको आग्रह (पुर्णपाठ)


मध्यान्तर
  • आइतबार, पुष २२ २०७५

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिपक्षिले गरेका प्रश्नको उत्तर दिदै नेपाल समृद्धिको यात्रामा अघि बढिरहेको बताएका छन् । साथै ओलीले आईतबार एक घण्टा लामो वक्तव्य दिदै समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षलाई आग्रह गरेका छन् । आइतबार संसदमा एक घन्टा लामो वक्तव्य दिएका उनले सरकारको १० महिने कामकारवाहीको जानकारी दिए ।

    पूर्णत लिखित सम्बोधन गरेका प्रधानमन्त्री वाइडबडी प्रकरण र रेशम चौधरीको सपथबारे भने मौन बसे । प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता एवं सांसदहरुले विभिन्न समयमा सरकारबारे टिप्पणी गर्दै उठाएका अरु प्रश्नको भने जवाफ दिए ।

    कांग्रेसले कर्मचारी समायोजन अध्यादेशबारे प्रश्न उठाएको थियो । संघीय ऐन ल्याएर सुल्टो बाटो हिँड्नुको साटो सरकारले समयोजन अध्यादेश ल्याएको र कर्मचारीलाई घोक्र्याएर तल्लो तहमा पठाउन खोजेको कांग्रेसको आरोप थियो ।

    प्रधानमन्त्री ओलीले भने “पानीलाई धमिलो पार्ने र धमिलोमा माछा मार्ने” रहर नगर्न सुझाव दिएका छन् । देउवा सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकतर्फ संकेत गर्दै उनले भने, ‘अनिवार्य या स्वेच्छिक अवकासको बाटोमा गएको भए मुलुकले अनावश्यक ५०र६० अर्बको व्ययभार सदाका लागि बोक्नु पथ्र्यो । उमेर भएका राष्ट्रसेवक कर्मचारीलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्थ्यो ।’

    आधिकारिक युनियनसँग भएको सहमतिकै आधारमा समायोजन प्रक्रिया अघि बढेको उनले बताए ।

    विपक्षी दलका नेता शेरबहादुर देउवाले नै संसदमा उभिएर योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रश्न उठाएका थिए । आफ्नो पालामा ऐन बनेको र ओलीले कार्यान्वयन गरेको भन्दै उनले सबै आफूले गरेको जस्तो नगर्न ओलीलाई सुझाव दिएका थिए ।

    जवाफमा ओलीले आफू कपीराइट बहसमा नउत्रने र जस जो कोहीले लिए फरक नपर्ने बताए । ‘मेरा मित्र पूर्वप्रधानमन्त्रीले त यसै सदनमा प्रश्न गर्नु भयो– “सामाजिक सुरक्षा हामीले हाम्रो पालामा ल्याएको हो, अहिले प्रधानमन्त्रीले आफूले ल्याएको भन्ने रु’ उनले भने, ‘यसमा अप्ठ्यारै मान्नुपर्ने, मुखै लुकाउनुपर्ने कुरा कहाँबाट आयो रु जस, जो कोहीले लिनुस्, लिनु भए हुन्छ ।’

    ‘मेरो भनाइ यत्ति मात्र हो, गएको मंसिर ११ गतेबाट मैले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएँ, सबैले राम्रोसँग थाहा पाउने गरी । र, यो नयाँ युगको शुरुवात हो ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

    प्रधानमन्त्री ओलीले पुस १५ सम्म पानीजहाज चल्ने भन्दै १६ गतेको टिकट काट्न सांसदहरुले संसदबाटै निम्तो दिएका थिए । तर, उनको बाचा पुरा नभएपछि विपक्षी सांसदहरुले पानी जहाजको टिकट कहाँ काट्ने हो भन्दै व्यग्य गरेका थिए ।

    आइतबार प्रधानमन्त्रीले त्यसको पनि जवाफ दिए । आफूले नेपालीको रेल सपनालाई पूरा गर्न प्रयत्नशील रहेको भन्दै उनले देश विकासका लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालोभित्र पुरिदिने प्रयास भएको बताए ।

    कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकिएको स्मरण गर्दै उनले भने, अहिले पनि सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर खै रु हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु ।’

    प्रधानमन्त्री ओलीले अघि भने, ‘धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’

    नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु भएको उनले संसदलाई जानकारी दिए ।

    विपक्षीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुलाई कारबाही गर्न सरकार असफल भएको मात्र होइन, अपराधीलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ । देउवा स्वयंमले बारम्बार सरकारमाथि प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री ओलीले अवपादलाई आम रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । अपराध नियन्त्रणमा प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता पाएको बताउँदै ओलीले भने, अपवादलाई आमको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास देख्दा मलाई दुःख लागेको छ ।’

    आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीहरुलाई न्याय सडकमा पोखिने अमर्यादित एवं अराजक भीडले नभई सरकारले नै दिने उनले बताए । उनले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ ।’

    राष्ट्रपतिका लागि सवारी तथा हेलिकोप्टर खरिद, प्रहरी तालिम केन्द्र हटाउने निर्णयलाई लिएर भइरहेको टिप्पणीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

    ‘कुनै समय विपक्ष दलका नेता सत्तापक्षमा रहँदा राष्ट्रपतिको सन्दर्भमा भन्नु भएको म अहिले पनि स्मरण गरिरहेको छु, राष्ट्रपतिले गल्ती गर्दैन । राष्ट्रपतिले गरेको काम मैले गरेको हो ।’

    राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गणतन्त्रमाथिकै हमला हो भनेर सरकारले बुझेको प्रधानमन्त्री ओलीले बताए ।

    यस्तो छ सम्बोधनको पुर्णपाठ

    प्रतिक्रिया
    थप समाचार