Online Nepal शनिबार, जेष्ठ ५ २०८१
बाईडबडि प्रकरण

बाईडबडि खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

बाईडबडि खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी


मध्यान्तर
  • सोमबार, पुष २३ २०७५

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नरहेको खुलस्त पारेका छन् । उनले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार बताउदै उक्त भ्रष्टाारमा मन्त्रीको अधिकारीको समेत संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।

    यसबारे स्पष्ट पार्दै मन्त्री अधिकारीले भने यो केसमा आफ्नो संलग्नता नरहेको प्रष्ट्याएका हुन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न गठित समितिलाई आफूले सक्दो सहयोग गर्ने पनि बताए।

    २०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र मन्त्री आएपछि भएकाका आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरित भुक्तानी रोक्न सक्ने अवस्था नभएको उनले प्रष्ट पारे । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उनको भनाइ छ ।

    ‘जहाज खरिदमा मेरो कुनै संलग्नता छैन, तर विभागीय मन्त्री भएकाले कन्सर्न रहन्छ । छनबिन गर्न अख्तियारप्राप्त सबैलाई आग्रह छ’ उनले भने । साथै मन्त्रप्ी अधिकारीले दाषीलाई कार्वाहि हुने बताएका छन् । यस्तै उनले आफु जस्तो निर्दोश व्याक्तिलाई बदनियतपूर्वक हेरिन नहुने बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार