Online Nepal शनिबार, जेष्ठ ५ २०८१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेकपाले मिडियासँग नबोल्ने सहमति

नेकपाले मिडियासँग नबोल्ने सहमति


मध्यान्तर
  • सोमबार, पुष २३ २०७५

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंग्याउन गठित कार्यदलका सदस्यले मिडियासंग नबोल्ने निर्णय गरेका छन् । सोमबारउनीहरुले आफुले गरेका कामबारे मिडियासँग नबोल्ने आन्तरिक सहमति गरेका छन्।

    पुस महिनाभित्र एकता प्रक्रिया टुंग्याउने गरी प्रतिवेदन तयार गर्न गठित ९ सदस्यीय कार्यदलका एक सदस्यले भने, ‘अरु विषयमा बारे कुरा गर्ने भए गरौं। कार्यदलका कामबारे बोल्न मिल्दैन,’ उनले थपे, ‘नबोल्ने सहमति बनेको छ। यति मात्रै भन्न सक्छु, हाम्रो बैठक बसिरहेको छ।’

    मंसिर २९ देखि पुस १३ सम्म बसेको बैठकले पार्टी एकीरणका लागि कार्यदल बनाएको थियो। आन्तरिक विवादले पार्टी एकीकरणको प्रक्रिया ७ महिनासम्म टुंगिएको छैन। एकता प्रक्रियाका लागि यसअघि बनाइएको मापदण्ड पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले कुल्चिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको थियो। नेपाल समूहले नयाँ मापदण्ड बनाउन जोड दिएको थियो।

    स्थायी समितिको बैठकपछि गठित कार्यदलले नयाँ मापदण्ड बनाउने बताइएको छ। स्थायी समिति बैठक सकिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नेता योगेश भट्टराईले पार्टी एकीकरण टुंग्याउन कार्यदलले नयाँ मापदण्ड बनाउने बताएका थिए।

    कार्यदलले यसअघि भएका संगठनात्मक कार्यको पुनरवोलकन गर्नेछ। भट्टराईले त्यस बेला भनेका थिए, ‘अब बन्ने कार्यदलले मापदण्डको स्पष्ट ढाँचा निर्माण गर्ने, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन मापदण्ड पनि टुंगो लगाई सचिवालयमा पेस गर्नेछ।ु

    पार्टीको पोलिटब्यूरो कमिटी गठन हुन सकेको छैन भने केन्द्रीय सदस्यहरुको जिम्मेवारी पनि तोकिएको छैन। पोलिटब्युरो कमिटी गठन गर्ने मापदण्डको आधार पनि यसै कार्यदलले गर्ने भट्टराईले बताए। कार्यदलको प्रतिवेदनलाई सचिवालयले आवश्यक परिमार्जन सहित स्थायी समितिमा पेस गर्नेछ।

    सरकारी जिम्मेवारीमा रहेकालाई पार्टीको जिम्मेवारी नदिने निर्णय कार्यान्वयन हुन सकेको छैन। सचिवालयले टुंग्याएका कतिपय विषय पुनरावलोकन हुनसक्ने भट्टराईले संकेत गरेका छन्।

    बढीमा दुई साताको समयावधि रहेको कार्यदलले आफ्नो कार्य टुग्यांएको अवस्थामा पुस महिना भित्रै पुनः स्थायी समिति बैठक डाकिने बताइएको छ। माघको दोश्रो साता केन्दीय कमिटिको बैठक बोलाइने बताइएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुस महिनाभित्र पार्टी एकीकरणको काम पूरा गर्ने कार्यतालिका स्थायी समितिमा पेस गरेका थिए। माघमा तल्लो तहका कमिटीको भेला र त्यसपछिका दुई महिना देशव्यापी अभियान सञ्चालन गर्ने उनको कार्यतालिकामा उल्लेख थियो।

    कार्यदलमा पार्टी महासचिव विष्णु पौडेल, रामबहादुर थापा, योगेश भट्टराई, शंकर पोखरेल, रघुवीर महासेठ, यदुराम भुसाल, वर्षमान पुन, लेखराज भट्ट र सुरेन्द्र पाण्डेय छन्।

    प्रतिक्रिया
    थप समाचार