Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१
प्रतिनिधिसभा बैठक

संविधान अपरिवर्तनीय पौराणिक ग्रन्थ होइन : प्रधानमन्त्री ओली

संविधान अपरिवर्तनीय पौराणिक ग्रन्थ होइन : प्रधानमन्त्री ओली

‘हाम्रो मुलुकमा आएको स्थायी शान्ति, समृद्धिको अवधारणलाई अहिले अन्य मुलुकले पनि चासो लिएका छन्’ उनले भने, ‘ऐना मात्र हेरर अगाडि बढ्दैन देश ।’


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेका प्रश्नकोउत्तर दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अपरिवर्तनीय पौराणिक ग्रन्थ नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार परिवर्तन हुने बताएका छन् । ‘संविधान संशोधन आवश्यकताले, औचित्यले गर्ने हो, यसलाई फेशन बनाउने होइन’ उनले भने, संविधान देशको लागि बनेको हो, नेपाली जनताले बनाएको हो । यो अपरिवर्तनीय पौराणिक ग्रन्थ होइन । कहिले कहिले सुनिन्छ, जनमतको लागि पनि संविधान संशोधन भनिराख्ने । यसका केही पक्ष छन् । यसले जनतालाई अधिकार सम्पन्न गराउने कुरामा योगदान पुर्याउनु पर्छ । यसले जनतालाई अधिकार सम्पन्न गराउनु पर्छ । जहिले आवश्यकता हुन्छ । त्यहीबेला संशोधन हुन्छ ।’

    उनले बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर दिँदै प्रधानमन्त्रीले भने ‘विश्व बैंकसँग पनि कुरा भइराखेको छ । साथीहरु माननीय जीहरुलाई यादहोला बिरगंज काठमाडौं रेल चल्छ । भारतसँग कुरा भइसकेको छ । चीनको रेल पनि आउँछ । सिगात्सेसँँम्म आइसकेको छ ।

    हामीले त्यतिकै भनिराखेका छैनौं, समद्ध नेपाल, खुशी नेपाली । ग्यास पाइप ल्याउने तयारी भइसहेको छ । त्यसबारेमा हिजो मात्र कुरा भएको छ । ग्यास पाइपबाट ल्याउने भन्दा उडाइयो, हाँसी मजाक गरियो । घरघरमा ग्यास सिलिण्डर उपलब्ध हुन सकेको छैन । त्यस्तो अवस्थामा घरघरमा पाइपबाटै पुर्याउँछु भन्नु हावादारी कुरा हो भनियो । ग्यास विदेशबाट पाइपमा ल्याइसकेपछि घरघरमा पुर्याउनु ठूलो कुरा हो र ? ढुक्क हुनुस् ग्यास घरघरमा पाइपबाटै पुग्छ ।’

    प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चले सिकागोमा आयोजना गरेको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आफू आइतबार त्यसतर्फ जाने जानकारी गराएका छन् । ‘सिकागोमा जनवरी २२ देखि सम्मेलन गर्दैछ त्यसमा नेपालले पहिलो पटक निमन्त्रणा पाएको छ । नेपाली प्रतिनिधिको नेतृत्व गर्दै म त्यसतर्फ जाँदै छु । उनले मुलुक समृद्ध हुने दाबी गरे । ‘हाम्रो मुलुकमा आएको स्थायी शान्ति, समृद्धिको अवधारणलाई अहिले अन्य मुलुकले पनि चासो लिएका छन्’ उनले भने, ‘ऐना मात्र हेरर अगाडि बढ्दैन देश ।’

    सांसद सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपछि ल्याएका योजना र विकासका कामहरू कसरी अगाडि बढेका छन् भन्ने प्रश्नबारे जवाफ दिँदै उनले ल्याण्डलक्डको स्थितिलाई अब अनलक्ड भन्न प्रस्ताव गरे। कतिपयले यसलाई ल्याण्डलिङ्क्ड किन भनियो ल्याण्डलक्ड हो नि भनेरसमेत छलफल गरेको भन्दै उनले अब लक खुलिसकेको बताए।

    ’दक्षिणतिरबाट पनि लक खुल्यो उत्तरतर्फबाट पनि लक खुल्यो। अब ल्याण्ड कनेक्टेड भन्ने कि त! लिंक्ड नभन्ने हो भने। अब लक्ड छैन हिजो थियो अहिले खुलिसक्यो’, प्रधानमन्त्री ओलीले भने। मूलुक ठूलो परिवर्तनपछि ऐतिहासिक रुपान्तरण नेपाली समाजमा भएको भन्दै प्रधानमन्त्रीले असाधारण सफलता हासिल गरेको बताए। नेपाली जनताले आफ्नै हातले संविधानसभाबाट संविधान बनाएको भन्दै उनले संविधानले वास्तवमै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताए।

    चुनाव सम्पन्न भएर सरकारको स्थायीत्वका साथ विकासको मार्गमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले तिब्रताका साथ देश विकासको दिशामा अगाडी बढेको बताए। विकासका निम्ति आवश्यक जनशक्ति सबैका क्षेत्रमा अगाडी बढाएको भन्दै उनले आर्थिक हिसाबले केही सूचक पुरा गरेर मात्र अगाडी जान नसकिने बताए। पछौटेपनका सम्पूर्ण पक्षलाई विदा गरेर जानुपर्ने भन्दै उनले लिष्ट डेभलप्ड एकठाउँमा मात्रै गरेर अन्त्य नहुने बताए।

    अब मुलुक पानी, नदीको बाटोबाट अगाडी बढ्न गइरहेको भन्दै उनले केही समयपछि नेपालले समुन्द्री बाटो प्रयोग गर्न लागेको बताए। यसबारे भर्खरै दिल्लीमा वार्ता गरेको र अब छिट्टै पोखरामा वार्ता हुने उनले बताए। पूर्व पश्चिम रेल सञ्चालनको स्रोत सुनिश्चित भइरहेको भन्दै उनले यसबारे कँही वार्ता चलिहरको छ, विश्व बैंक, एडिवीसँग मित्र राष्ट्र, दाताहरूसँग छलफल भइरहेको बताए। उनले सर्भे, लागत स्टिमेट लगायतका काम भइरहेको बताए।

    विरजंग–काठमाडौं रेलमार्ग सरकारले ल्याउन लागेको भन्दै उनले यससम्बन्धमा भारत सरकारसँगको वार्ता निकै अगाडि बढेको प्रधानमन्त्रीले बताए। चीनतर्फबाट रेल सिगात्सेसँग आइसकेको भन्दै उनले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको काम अगाडी बढ्ने बताए। यी कुराहरू त्यतिकै नभनिएको भन्दै प्रधानमन्त्रीले अब विकासका कामलाई मूर्त रूपले अगाडी बढाउने बताए।

    प्रतिक्रिया
    थप समाचार