Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

लोकतन्त्र बचाउन सबै पार्टी एकजुट भई लाग्नुपर्छः नेता पौडेल

लोकतन्त्र बचाउन सबै पार्टी एकजुट भई लाग्नुपर्छः नेता पौडेल


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सबै पार्टीहरु एकजुट हुनुपर्ने बताएका छन् । प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् ।

    उनले सरकारलाई कांग्रेसले ठिक बाटोमा ल्याउने दाबि समेत गरेका छन् । सरकारले जनताका आवाजहरु दवाएको आरोपलगाउदै नेता पौडेलले जनताका आवाजलाई सधैँ दबाउन नसकिने बताएका छन् । उनले देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्ने बताएका छन् ।

    वरिष्ठ नेता पौडेलले डा. गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको उल्लेख गरेका छन् । ‘ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवा पाउनुपर्छ’ उनले भने, ‘संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उहाँको मागलाई सरकारकाले वेवास्ता गरेको छ । त्यो संविधान विपरित पनि छ ।’

    नेता पौडेलले सरकार गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल खारेज गर्ने योजनामा रहेको जानकारी दिनुभयो, ‘सरकारले यी दुई वटा अस्पताल खारेज गर्ने तयारी गरिरहेको छ भन्ने सुनिएको छ ।’ यस्तैनेता पौडेलले अस्पताल र स्वास्थ्य संस्था खारेज गर्नु राम्रो पक्ष नभएको बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार