Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कांग्रेसले अवरोध गर्दा राष्ट्रियसभा बैठक स्थगित

कांग्रेसले अवरोध गर्दा राष्ट्रियसभा बैठक स्थगित


मध्यान्तर
  • सोमबार, माघ ७ २०७५

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेपछि सोमबारको राष्ट्रियसभा वैठक स्थागित भएको छ । कांग्रेसले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको हो ।

    उक्त बैठक आधा घण्टाको लागि स्थागित गरिएको हो । कांग्रेस सांसदहरुले बैठक सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर अवरोध सिर्जना गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरेका थिए । तरपनि सांसदहरूले नमानेपछि केही समयका लागि स्थगित गरिएको हो ।

    प्रतिक्रिया
    थप समाचार