Online Nepal बुधबार, जेष्ठ २ २०८१

प्रधानमन्त्रीद्वारा बाढीबाट प्रभावित भएको क्षेत्र हेलम्बु तथा मेलम्चीमा निरीक्षण

प्रधानमन्त्रीद्वारा बाढीबाट प्रभावित भएको क्षेत्र हेलम्बु तथा मेलम्चीमा निरीक्षण


मध्यान्तर
  • शनिबार, असार २६ २०७८

  • काठमाडौँ । सिन्धुपाल्चोकमा बाढीबाट प्रभावित भएको क्षेत्र   हेलम्बु तथा मेलम्चीको निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री ओलीसहित १२ जनाको टोली सेनाको हेलिकप्टर मार्फत सिन्धुपाल्चोक गएका हुन्  । सेनाको एनए–०५३ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओलीसहितको टोली शनिबार बिहान पौने ११ बजे बालुवाटारबाट सिन्धुपाल्चोक गएको हो ।

    ओलीले हेलम्बु र मेलम्चीसहितका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने छन् । असार पहिलो हप्ता आएको बाढीका कारण हेलम्बु र मेलम्चीको जनजीवन प्रभावित भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार