Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेकपा एमालेमा १० बुँदे सहमति

नेकपा एमालेमा १० बुँदे सहमति


मध्यान्तर
  • सोमबार, असार २८ २०७८

  • काठमाडौं । नेकपा एमाले भित्रको विवादला समाधान गर्न १० बुँदे समझदारी गरि कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार रातिसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको हो। उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने जनाएको छ  ।

    सहमतिको पहिलो बुँदामा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख गरिएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी नेकपा गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको केन्द्रिय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ ।

    सहमतिसँगै २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।

    सहमतिमा २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा ९एमाले० मा रहनेहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्यलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने भनिएको छ ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने सहमतिमा उल्लेख छ ।  यस्तो छ सहमतिपत्र

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार