Online Nepal मंगलबार, जेष्ठ १ २०८१

विपक्षी गठबन्धनको बैठक नेपाल निवासमा बस्दै

विपक्षी गठबन्धनको बैठक नेपाल निवासमा बस्दै


मध्यान्तर
  • सोमबार, असार २८ २०७८

  • काठमाडौँ । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो । कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्‍न लागेको हो ।

    देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए । ५ बजे पूर्वप्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ, उनले भने ।

     

     

    प्रतिक्रिया
    थप समाचार