Online Nepal मंगलबार, जेष्ठ १ २०८१

विपक्षी गठबन्धनबाट हट्ने माधव नेपालको संकेत

विपक्षी गठबन्धनबाट हट्ने माधव नेपालको संकेत


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनमा आफूहरूको निरन्तरता रहन नसक्ने बताएका छन् । सोमबार साँझ उनकै निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले पहिले पार्टीलाई एकताबद्ध बनाउने भन्दै गठबन्धनमा निरन्तरता नरहन सक्ने बताएका हुन् ।

    बैठकबारे जानकारी दिँदै नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको बताए ।

    “गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकताबद्ध बनाउँछौँ । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ । सिङ्गो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो,” नेपालको भनाइ उद्धृत गर्दै उनले भने ।

    “एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ,” नेपालको भनाइ उद्धृत गर्दै उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार