Online Nepal मंगलबार, जेष्ठ १ २०८१

देउवाले साँझ ५ बजे शपथ लिने

देउवाले साँझ ५ बजे शपथ लिने


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने भएका छन्। उनले आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने देउवाको सचिवालयले जानकारी दिएको छ।

    स्रोतका अनुसार सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो।

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार