Online Nepal बुधबार, जेष्ठ २ २०८१

जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले बिदा हुँदैछु : प्रधानमन्त्री ओली

जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले बिदा हुँदैछु : प्रधानमन्त्री ओली


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन्। जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै भने।

    सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उनले बताएका छन् । सरकारबाट बाहिरिँदा रत्तिभर चिन्ता नभएको ओलीको दाबी थियो।

    सिंहदरबार छाड्नु अगाडि आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसला मान्ने पनि बताए। आफ्नो नेतृत्वमा विकास, परिवर्तन र रूपान्तरण तथा जनताले राहत महसुस गरेको पनि ओलीको भनाइ छ।

    कोरोनाविरूद्ध जनतालाई खोप दिइएको उनले बताए। एक करोड ३१ लाख खोपको मात्रा सुनिश्चित भइसकेको ओलीको भनाइ थियो।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार