Online Nepal मंगलबार, जेष्ठ १ २०८१

राष्ट्रिय सहमतिपछि मात्र एमसीसी : परराष्ट्रमन्त्री डा. खड्का

राष्ट्रिय सहमतिपछि मात्र एमसीसी : परराष्ट्रमन्त्री डा. खड्का


मध्यान्तर
  • बुधबार, असोज ६ २०७८

  • काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खडकाले राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने बताए ।

    बुधबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री खडकाले एमसीसी राष्ट्रिय एजेण्डा बनिसकेकाले सबै दलहरुसँगको छलफलपछि मात्र सम्भव हुने बताएका ।

    परराष्ट्र मन्त्री खडकाले भने, ‘एमसीसीका बारेमा फैलिएका गलत कुराहरुलाई चिरफार गर्दै त्यसबारे राष्ट्रिय सहमति जुटाउने कोसिस गर्छौ ।

    ’ छिमेकी मुलक भारत र चीनलगायत अन्य सबै मित्रराष्ट्र मुलुकहरुसँग सन्तुलित व्यवहार गर्ने समेत परराष्ट्रमन्त्री खड्काको भनाइ रहेका छ।

    प्रतिक्रिया
    थप समाचार