Online Nepal मंगलबार, जेष्ठ १ २०८१

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। आज प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

    बैठकमा आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेका छन्।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।

    एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ।

     

    प्रतिक्रिया
    थप समाचार