Online Nepal मंगलबार, जेष्ठ १ २०८१

दसैँ–तिहारको बीचमा कांग्रेसको जिल्ला र क्षेत्र अधिवेशन हुने

दसैँ–तिहारको बीचमा कांग्रेसको जिल्ला र क्षेत्र अधिवेशन हुने


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएपछि क्षेत्रीय र जिल्ला अधिवेशन दसैँ–तिहारको बीचमा हुने भएको छ ।

    सिंहदरबारमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अधिवेशन दसैँ–तिहारको बीचमा पु¥याउने समझदारी गरेको हो । यद्यपि, यसको औपचारिक रूपमा जानकारी गराइएको छैन ।

    प्रवक्ता विश्वप्रकाश शर्माले आफैँले बनाएर दिएको कार्यतालिका पटक–पटक संशोधन गर्नु उचित नभएकाले पदाधिकारी बैठकले त्यस विषयमा निर्णय नलिएको बताएका छन् ।

    तर, अहिले भने केन्द्रीय निर्वाचन समिति दसैँ–तिहारको बीचमा प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने भन्नेमा प्रस्ट भएको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार