Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


मध्यान्तर
  • शुक्रबार, असोज ८ २०७८

  • काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा विधान संशोधन र अन्य नीतिगत तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न छिट्टै केन्द्रीय समितिको बैठक बोलाइने जानकारी दिएका छन् ।

    बैठकमा महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका लगायत सबै समावेशी समूहको प्रतिनिधित्वको विषयमा उठेका मागहरु सम्बोधन गर्ने विषयमा समेत लगभग सहमति जुटेको एक नेताले बताएका छन् ।

    त्यसैगरी सबै क्षेत्रबाट समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने भन्दै नेपाल दलित संघ, मुस्लिम संघ, जनजाति संघ लगायत विभिन्न भातृसंस्था र नेताहरुले विरोध गर्दै आएका छन् । प्रवक्ता शर्माले त्यससम्बन्धी छलफल करिब–करिब सहमतिको नजिक पुगेपनि कतिपय व्यवस्थाहरु विधानमै संशोधन गर्नुपर्ने भएकाले त्यसबारे केन्द्रीय समितिको बैठकमा छलफल हुने बताए ।

    बैठकपछि केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रदेश र केन्द्रीय महाधिवेशनमा पनि जनसंख्याको समानुपातिक प्रतिनिधित्वका अतिरिक्त न्यूनतम एक प्रतिनिधि अनिवार्य हुने गरीको व्यवस्था गर्ने सहमति भएको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार