Online Nepal आइतबार, जेष्ठ ६ २०८१

निधि, कोइराला र सिंहबीच छलफल

निधि, कोइराला र सिंहबीच छलफल


मध्यान्तर
  • शनिबार, असोज ९ २०७८

  • काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पुनः छलफल सुरु भएको छ।
    शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा तीन नेताले छलफल गरेका हुन्।

    १४ औं महाधिवेशन समयमा नै सम्पन्न गर्ने, शीर्ष नेताहरूलगायत अरु नेताहरूसँग पनि संवादलाई निरन्तरता दिने, सरकारलाई थप प्रभावकारी बनाएर लैजान सबैले सहयोग गर्ने विषयमा तीन नेताले छलफल गरेको  जनाएको छ।
    केही समयदेखि यी तीन नेता छलफल गर्दै आएका छन्। उनीहरू तीन जना नेताले काङ्ग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबी गरेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार