Online Nepal आइतबार, जेष्ठ ६ २०८१

काँग्रेसको आज गाउँर/नगर अधिवेशन हुँदै

काँग्रेसको आज गाउँर/नगर अधिवेशन हुँदै


मध्यान्तर
  • शनिबार, असोज ९ २०७८

  • काठमाडौं ।  नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँर/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

    काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । काँग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार