Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रकाशमान सिंहले गरे सभापतिमा उमेदवारी दिने घोषणा

प्रकाशमान सिंहले गरे सभापतिमा उमेदवारी दिने घोषणा


मध्यान्तर
  • शनिबार, असोज ९ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको उनले बताए ।

    शनिबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१७ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गरे ।
    १४औँ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत उनले दिए । उनले सिंगो पार्टीपंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक–पटक दोहोर्‍याए ।

    नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अ्ब सभापति भएर काम गर्न चाहेको बताए । “

     

    प्रतिक्रिया
    थप समाचार