Online Nepal आइतबार, जेष्ठ ६ २०८१

काँग्रेसको थप ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगियो

काँग्रेसको थप ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगियो


मध्यान्तर
  • आइतबार, असोज १० २०७८

  • काठमाडौं । नेपाली काँग्रेसले थप ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । पाँच जिल्लामाआइतबार निर्वाचन अधिकृत खटाउने तयारी गरेको छ । काँग्रेसको निर्णयअनुसार दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार