Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एमाले स्थायी समिति बैठक जारी

एमाले स्थायी समिति बैठक जारी


मध्यान्तर
  • आइतबार, असोज १० २०७८

  • काठमाडौँ । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ ।

    स्थायी कमिटीमा समूहगत छलफलबाट आएको सुझावले प्रवेश पाएको छ । भीम रावललगायतका नेताले उठाएको १० बुँदे कार्यान्वयनलगायतका विषय पनि स्थायी कमिटीको एजेण्डा छ ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ ।

    शुक्रबारदेखि जारी बैठकको ती प्रस्तावमा छलफल गर्न बनाएको १० समूहको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार