Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सत्ता गठबन्धन बैठक : प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम

सत्ता गठबन्धन बैठक : प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम


मध्यान्तर
  • आइतबार, असोज १० २०७८

  • काठमाडौँ । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको आजको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई एक–दुई दिनभित्रमा पूर्णता दिने दलहरूबीच सहमति भएको बताइएको छ ।

    बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेत्री तथा सांसद दुर्गा पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम माग गरेका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् ।

    “जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा छलफल भयो,” पौडेलले भनिन्, “प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छिट्टो दिनुहोस् भन्नुभयो ।”

    प्रतिक्रिया
    थप समाचार