Online Nepal सोमबार, बैशाख १७ २०८१

एमालेको नयाँ नेतृत्वका मतदान सुरु,भोट नहाल्ने नामावली’ सुचि वितरण

एमालेको नयाँ नेतृत्वका मतदान सुरु,भोट नहाल्ने नामावली’ सुचि वितरण


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्धारित समय भन्दा करिब ७ घण्टापछि मात्र मतदान सुरु भएको हो।

    ओली पक्षले ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावल सहित ११ जनाको सुचि मतदान गर्न लाइनमा बसेका कार्यकर्तालाई वितरण गरिएको छ।  अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव टंकप्रसाद कार्की र भीम प्रसाद आचार्यलाई भोट नहाल्नू भनिएको छ।

    यस्तै सदस्य (प्रदेश १ खुल्ला) मा भाष्कर काफ्ले, सदस्य (प्रदेश महिला) नीरा खना, सदस्य (सुदुरपश्चिम महिला) पशुपति कुँवर, मञ्जु मलासी, सदस्य (दलित खुल्ला) नरवहादुर वि.क, सदस्य (थारु खुल्ला) जयप्रकाश थारु, सदस्य (पिछडिएको क्षेत्र खुल्ला भरत साउदलाई भोट नहाल्न भनिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार