Online Nepal सोमबार, बैशाख १७ २०८१

उमेदवारको नामावलीमा त्रुटि देखियो : भीम रावल

उमेदवारको नामावलीमा त्रुटि देखियो : भीम रावल


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उमेदवारको नामावलीमा त्रुटि रहेको जनाएका छन् । चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उमेदवारको सूचीमा त्रुटि रहेको उनले बताएका हुन् ।

    “पदाधिकारीमा उमेदवार दिएका नेताहरुको उमेदवारी सदस्यमा पनि स्वत रहेको देखिएको छ,” अध्यक्षका उमेदवार भीम रावलले भने, “म अध्यक्षको उमेदवार हुँ । तर, मैले दसस्यमा पनि उमेदवारी दिएको उमेदवारको सूचीमा छ । यो गलत हो ।”

    सदस्यता नवीकरण, वितरण र प्रतिनिधि चयनमा व्यापकरुपमा गलत काम भएको उनको आरोप रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार