Online Nepal सोमबार, बैशाख १७ २०८१

एमाले निर्वाचनको मतगणना सुरु

एमाले निर्वाचनको मतगणना सुरु


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिएका छन् ।
    दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

    विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले अबको अढाई घण्टाभित्र मत परिमाण आउने सक्ने बताए।

    ‘६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत ल्यायो भने थाहा हुन्छ,’ उनले भने, ‘ढिलोमा तीन बजेभित्र सबै परिणाम आउँछ ।’

     

     

     

    प्रतिक्रिया
    थप समाचार