Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मूल गेटमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको फोन

मूल गेटमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको फोन


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरेको छ। सर्वोच्च प्रशासनले पटक पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरेको सर्वोच्च बारका एक सदस्यले बताएका छन्। उनले भने, धर्ना नदिनू भनेर सर्वोच्च प्रशासनबाट नेपाल बार र सर्वोच्चबारका पदाधिकारीलाई पटक पटक फोन आएको छ। हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी महिनौं दिनदेखि सर्वोच्चको मूल गेटमा नाराबाजी गर्दै आएका छन्। सर्वोच्च अदातलमा गोला प्रकियामा मुद्दाको पेशी तोकिएसँगै न्यायाधीशहरु भने नियमित काममा फर्किसकेका छन्।

    प्रतिक्रिया
    थप समाचार