Online Nepal आइतबार, जेष्ठ ६ २०८१

न्याय सेवा आयोगको बैठक बुधबार बस्ने

न्याय सेवा आयोगको बैठक बुधबार बस्ने


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । न्याय सेवा आयोगको बैठक बुधबार बस्ने भएको छ । लोकसेवाले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बैठक बुधबारका लागि बोलाएको आयोगले जानाएको छ।

    जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था गरेको छ।

    प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार