Online Nepal आइतबार, जेष्ठ ६ २०८१

लुम्बिनीको विकासमा अभूतपूर्व काम : केपी ओली

लुम्बिनीको विकासमा अभूतपूर्व काम : केपी ओली


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको बताएका छन् । रुपन्देहीबाट हुलाकी राजमार्गहुँदै कपिलवस्तु हिँडेका ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयलाई संक्षिप्त सम्बोधन गर्दै लुम्बिनी क्षेत्रमा गर्नुपर्ने बाँकी काम अब एमाले सरकार बनेपछि अघि बढ्ने बताए ।

    ‘हामीले सरकारमा रहँदा थुप्रै विकासका कामको सुरुवात गरेका छौं, लुम्बिनीमा ५ हजार अट्ने ध्यान केन्द्र बन्दैछ, उनले भने । उनले लुम्बिनी विकास कोषभित्र र लुम्बिनी आसपासमा पूर्वाधार विकास आवश्यक रहेको र ती निर्माणको सुरुआत भइसकेको बताए ।

    शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, सडक निर्माणको काम आफू नेतृत्वका सरकारले सुरु गरेको भन्दै त्यसलाई एमाले नेतृत्वको अर्को सरकारले अझै रफ्तारमा अघि बढाउने बताए । ‘केही समय प्रतिक्षा गर्नुपर्नेछ, फेरि एमालेको सरकार बन्नेछ,अनि विकासको काम थाल्नेछ उनले भने ।

    ‘हामी सरकारमा हुदा के गरेका छौं भन्ने सबैलाई जानकारी नै छ, बाँकी काम निर्वाचनपछि एमाले नेतृत्वको सरकारले पुरा गर्नेछ,ु उनले भने । ओलीले लुम्बिनीको प्रचार अन्र्तराष्ट्रिय क्षेत्रमा गर्न आवश्यक रहेको बताए । स्पेनले मूर्ति स्थापना गर्दा लुम्बिनीको प्रचारमा सहयोग पुगेको भन्दै उनले अब आफ्नै व्यक्तिगत लगानीमा स्पेनलाई बुद्धमूर्ति दिने बताए ।

     

    प्रतिक्रिया
    थप समाचार