Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एमालेको अवरोधका कारण संसद बैठक स्थगित

एमालेको अवरोधका कारण संसद बैठक स्थगित


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार पनि नेकपा एमालेका सांसदको अवरोधका कारण स्थगित भएको छ ।

    बैठक सुरु भएदेखि नै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीकै बीच नियमित कार्यसूचि पेश भयो । त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

    नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । आफूबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी वैधानिक नरहेको भन्दै एमालेले संसद बैठकमा अवरोध गर्दै आएको हो ।

    प्रतिक्रिया
    थप समाचार