Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्रदेश २ को प्रदेशसभा : आज नामकरण र राजधानी सम्बन्धीको प्रस्ताव पेश हुने

प्रदेश २ को प्रदेशसभा : आज नामकरण र राजधानी सम्बन्धीको प्रस्ताव पेश हुने


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौँ । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने भएको छ। प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो।

    बिहीबार बस्ने प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेश हुने तय भएको छ भने स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने कार्यसूची उल्लेख रहेको छ ।

    पछिल्लो बैठकमा पेश भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।अध्यादेश विरुद्ध प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्विकार गर्ने प्रस्ताव पेश गर्नेछन् ।

    सो प्रस्ताव माथि छलफल हुने तथा आज नै यस अध्यादेशलाई स्वीकृत गर्ने कार्यसूची रहेको प्रदेशसभाका सदस्यले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    थप समाचार