Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेसको प्रदेश २ को सभापतिमा देउवा समूहका कृष्ण यादव निर्वाचित

कांग्रेसको प्रदेश २ को सभापतिमा देउवा समूहका कृष्ण यादव निर्वाचित


मध्यान्तर
  • शुक्रबार, पुष ९ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव निर्वाचित भएका छन्।

    बिहिबार भएको चुनावको शुक्रबार बिहान आएको अन्तिम मत परिणाम अनुसार बिमलेन्द्र निधि प्यानलका रामसरोज यादवलाई पछि पार्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्।

    विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोजलाई शेखर कोइराला समूहले पनि समर्थन गरेको थियो।

    निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो। जसमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाउँदा पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादव १४१ भोटले पछि परेका हुन्।

    अन्य पदाधिकारीको मतगणना आजै सुरू हुने निर्वाचन समितिले जनाएको छ।

     

    प्रतिक्रिया
    थप समाचार