Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

आज बाग्मती प्रदेशमा ५ मन्त्री थपिँदै

आज बाग्मती प्रदेशमा ५ मन्त्री थपिँदै


मध्यान्तर
  • शुक्रबार, पुष ९ २०७८

  • काठमाडौँ । आज बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

    उनले काँग्रेसबाट ५ मन्त्री सरकारमा लानेछन् । जसमा ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।

    कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ ।

    आज ५ मन्त्री थपिएसँगै बाग्मतीमा मन्त्रीमण्डलको संख्या १७ पुग्नेछ ।

    प्रतिक्रिया
    थप समाचार