Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्रधानमन्त्री देउवा र केपी ओलीबीच अपराह्न ५ बजे पुनः भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र केपी ओलीबीच अपराह्न ५ बजे पुनः भेटवार्ता हुँदै


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । संसदबाट एमसिसी पारित गर्न सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार अपराह्न ५ बजे पुनः भेट हुने भएको छ।

    दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेट हुने भनिएको थियो। तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेकाले बैठक ५ बजेलाई सारिएको हो।

    उक्त बैठकभन्दा पहिले ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बैठकका लागि एमाले नेताहरू बालकोट पुगिसकेका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच सघन छलफल चलिरहेको छ।

     

    प्रतिक्रिया
    थप समाचार