Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ओली भेट्न् प्रधानमन्त्री देउवा बालकोटमा

ओली भेट्न् प्रधानमन्त्री देउवा बालकोटमा


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शनिबार साँझ उनको निवास बालकोट पुगेका छन् । उनीहरूबीचको छलफल जारी रहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

    देउवा टिमसहित बालकोट गएका हुन् । छलफलमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी पनि सहभागी छन् ।

    अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने समयसीमा नजिकिँदा नेताहरूबीचको भेटवार्ता बढेको छ । देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ खोजेका छन् ।

    सत्तासाझेदार दलहरू एमसीसीको विपक्षमा उभिएपछि देउवा प्रतिपक्षलाई मनाएर सम्झौता पारित गर्न जुटेका हुन् । एमालेसित देउवाको सहमति भए सत्ता गठबन्धन भत्किने निश्चित देखिएको छ ।

    हिजो शुक्रबार साँझ पनि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार