Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं    सत्तारूढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

    प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड  सत्ता गठबन्धन बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार