Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु

एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको  छ बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको छ ।
    व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा माओवादी केन्द्रका चार नेताले असहमति जनाएका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार