Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने

राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् ।

    विपक्षमा मतदान गर्दा गठबन्धनबाट बाहिरिनु परे पनि तयार रहेको उनको भनाइ छ । पाँचदलीय गठबन्धनको बैठक भनिए पनि आज बिहान बालुवाटारमा बसेको बैठकमा जनमोर्चाका कोही पनि सहभागी थिएनन् ।

    उक्त पार्टीले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने अडान राख्दै आएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार