Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् : बाबुराम भट्टराई

एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् : बाबुराम भट्टराई


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी पारित हुनु स्वागतयोग्य भएको बताएका छन् । उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् भन्ने कामना पनि गरेका छन् ।

    सोमबार सामाजिक सन्जाल ट्वीटरमा उनले भनेका छन्, ‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ। पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला  यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस्  ।’प्रतिनिधिसभामा एमसीसी आइतबार बहुमतले पारित गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार