Online Nepal शनिबार, जेष्ठ ५ २०८१

स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलको निवेदन दर्ता

स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलको निवेदन दर्ता


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।

    आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।

    निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भएरनभएको बारे छानबिनको काम चैत २५ सम्म टुङग्याइसक्ने योजना आयोगले बनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्यतालिका रहेको छ ।

    आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरूले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या खुलाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान आयोगले राखेको थियो ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै निर्वाचनमा भाग लिएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार