Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजेका थिए : प्रचण्ड

ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजेका थिए : प्रचण्ड


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्।उनले दुई- दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्।

    उनले एमसीसीलाई आलोचनाबीच आफूहरुले निकास दिएको पनि बताए। अब हामीले निकास दिएका छौँ । गठबन्धन तोडिएला भनेको अहिलेलाई जोगियो उनले भने, गठबन्धन कायम रहन्छ, सरकार अघि बढ्छ भन्ने भएको छ एमसीसी पास भएपछि। अब देश निर्वाचनमा गएको छ।
    उनले सन् २०१७ को सम्झौतामा एमसीसीलाई कानुनी हैसियत दिने व्यवस्था नभएको बताउँदै तत्कालीन नेकपाकै सरकार रहेका बेला सन् २०१९ मा संसदमा लाने सम्झौता भएको पनि बताएका छन्।

    हाम्रै पार्टीको नेतृत्वको सरकार भएका बेला नै एमसीसीबारे छलफल सुरु भएको हो। अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब दिने भन्ने कुराले हामी खुसी नै भयौँ, उनले भने, २०१९ मै नेकपाको सरकार भएका बेला एमसीसीलाई कानुनी हैसियत दिँदा अझै विवादमा गयो। मैले एक्लैले अध्यक्षता गरेको नेकपाको केन्द्रीय समिति बैठकमा एमसीसीबारे बहस भयो। हामीले कार्यदल पनि बनाएका थियौँ।

    उनले नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजे पनि आफूले नमानेको बताए।

    तत्कालीन नेकपा हुँदा ओलीजी सचिवालयमा अल्पमतमा थिए। तर उनी एमसीसीलाई जस्ताको तस्तै पास गर्न चाहन्थेु, उनले भने, तर हामीले कार्यदल बनाएर यसलाई संशोधन गरेर मात्रै लैजानुपर्छ भनेका थियौँ।

    उनले ओलीले संकल्प या अरु कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे।

     

     

    प्रतिक्रिया
    थप समाचार