Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसीको पास गर्न एमालेको पनि सकारात्मक दृष्टिकोण रह्यो : काँग्रेस

एमसीसीको पास गर्न एमालेको पनि सकारात्मक दृष्टिकोण रह्यो : काँग्रेस


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं  । नेपाली काँग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सघाएको बताएको छ ।    काँग्रेस प्रवक्ता डा .प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने  ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’,

    समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ । एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।

    उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए । उनले एमसीसीको सन्दर्भमा एमालेको पनि सकारात्मक दृष्टिकोण रहेकाले सो पार्टीलाई पनि धन्यवाद दिए ।

    उनले एमसीसीबारे रहेका भ्रमहरु चिर्ने काम भएको भन्दै बाँकी कुनै भ्रम अझै छ भने भने त्यसलाई चिर्न पार्टी सधैं लागिपर्ने पनि बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार