Online Nepal बिहिबार, बैशाख १३ २०८१

रुसले अमेरिकी राष्ट्रपतिलाई लगायो प्रतिबन्ध

रुसले अमेरिकी राष्ट्रपतिलाई लगायो प्रतिबन्ध


मध्यान्तर
  • बुधबार, चैत्र २ २०७८

  • Democratic presidential nominee Joe Biden delivers remarks at the Chase Center in Wilmington, Delaware, on November 6, 2020. - Three days after the US election in which there was a record turnout of 160 million voters, a winner had yet to be declared. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)

    काठमाडौं । छिमेकी युक्रेनसँग युद्ध गरिरहेको रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।

    राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

    अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार