Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कटारी नगरपालिकामा मतदानको क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु

कटारी नगरपालिकामा मतदानको क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, बैशाख ३० २०७९

  • काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । शुक्रबार कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र  पश्चात उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

    घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार