Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रधानसेनापति शर्मा लेवनानतर्फ प्रस्थान, असार १३ गते अमेरिकाको औपचारिक भ्रमण गर्ने

प्रधानसेनापति शर्मा लेवनानतर्फ प्रस्थान, असार १३ गते अमेरिकाको औपचारिक भ्रमण गर्ने


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा लेवनानतर्फ प्रस्थान गरेका छन् ।

    सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा शनिबार लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् ।

    प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् ।

    भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ । त्यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले असार १३ गते अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । शर्माको टोलि भ्रमण सकेर असार १९ गते स्वश फिर्ता हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार