Online Nepal आइतबार, जेष्ठ ६ २०८१

संसदमा जसले जोडदार हंगामा मच्चाए,उहाँहरुकै पालामा एसपिपी अघि बढेको रहेछ : माधव नेपाल

संसदमा जसले जोडदार हंगामा मच्चाए,उहाँहरुकै पालामा एसपिपी अघि बढेको रहेछ : माधव नेपाल


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।

    ‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

    त्यत्रो कुरा किन लुकाइयो  किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गरे । ‘किन यत्रो हंगामा  कि सबैले बिर्से बिर्सने औषधि खाए या कुरा लुकाइयो या त कागजमा केही छैन यथार्थ कुरा बाहिर आओस्’, उनले थपे ।यस विषयमा आज बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए । उनले भने, ‘बसेर प्रधानमन्त्रीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

    प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालले बताए । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो । उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उनले भने।

    प्रतिक्रिया
    थप समाचार