Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्छ : माधव नेपाल

गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्छ : माधव नेपाल


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छ महिनाभित्र संघीय र प्रदेश सभा चुनाव हुने बताएका छन्।

    यस्तै उनले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उनले बताए। आइतबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताए।

    ‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उनले भने, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ। गठबन्धन गर्ने भएकोले सिटबारे पनि छलफल गर्नुपर्नेछ।’

    उनले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग पनि छलफल गरिएको बताए। कमजोरीका समीक्षा गर्दै मिलेरै अगाडि बढ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको उनले बताएका छन्।

    उनले स्थानीय तह चुनावमा गठबन्धन गरेर नै महानगरमा पार्टीका उम्मेदवार जितेको बताएका थिए।

     

    प्रतिक्रिया
    थप समाचार