Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र छलफल भएको छैन : माधव नेपाल

एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र छलफल भएको छैन : माधव नेपाल


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौँ । सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र विस्तृतरुपमा छलफल नभएको बताएका छन् । आइतबार पत्रकारहरुसँगको अन्तक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको बताए ।

    एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने भन्ने विषय पनि आएको छ । सेनाको प्रमुखले विदेशी कूटनीतिक नियोगलाई पत्र लेखेको विषय पनि छ । यसको निर्णय प्रक्रियामा को को रहेका छन् भन्ने विषयमा कस-कसको मूल्यांकन गर्ने विषय पनि रहेको छ,पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, सैन्य गठबन्धन वा सुरक्षा घेराभित्र वा छिमेकी देशको सुरक्षा संवदेनशीलता असर पार्ने गरी नेपाल जहाँसुकै गएर पनि स्पष्टसँग भन्नु पर्दछ ।

    प्रधानमन्त्रीले यस विषयमा पटक-पटक त्यो कुरा दोहोर्‍याउनु भएको छ र गृहमन्त्रीले पनि संसदमा बोल्नु भएपछि त्यस विषयमा धेरै शंका गरिरहनु पर्दैन, नेपालले भने, यसको बाबजुद यस विषयमा नेपाली जनता सजक रहनु पर्छ ।

     

    प्रतिक्रिया
    थप समाचार